थप समाचारआइतबार, माघ १७, २०७२

चिनियाँ नागरिकको नगद, पासपोर्ट र सामान भेटियो

हिमालखबर

दुई जना चिनियाँ नागरिक लम्झुनिमा र झी वीन साँखुको बज्रयोगिनी माताको मन्दिरमा दर्शनका लागि आउँदा हराएका सामान प्रहरीको सहयोगमा फिर्ता दिइएको छ ।

शनिवार दिउँसो ती चिनियाँ पर्यटकले स्थानीय सविन श्रेष्ठको होटलमा चियाखाजा खानेक्रममा व्याग छुटाएकाले उनीहरुको पासपोर्ट, पाँच हजार ३०० अमेरिकी डलर, १९ हजार चिनियाँ युआन नगद र आइफोन–६ मोबाइल हराएको थियो ।

उनीहरुले सामान हराएको सूचना महानगरिय प्रहरी प्रभाग साँखुलाई दिएपछि प्रभागका इन्चार्ज प्रहरी निरीक्षक उमेश जोशीसहितको टोलीले बज्रयोगिनी मन्दिर पुगी होटल मालिक सविन श्रेष्ठलाई भेटी सो रकम, राहदानी तथा मोबाइल आज फिर्ता गरिदिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>