Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रंगेली घटनाः त्रासले फर्केनन् बिस्थापित - Himalkhabar.com

थप समाचारसोमबार, माघ १८, २०७२

रंगेली घटनाः त्रासले फर्केनन् बिस्थापित

हिमालखबर

मोरङको रंगेलीमा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक झ्डपपछि विस्थापित स्थानीय त्रासका कारण एक साता बित्दा पनि घर फर्केका छैनन् ।

–कमल रिमाल, विराटनगर

र‌ंगेलीका विस्थापित विराटनगरस्थित एमाले पार्टी कार्यालयमा ।

र‌ंगेलीका विस्थापित विराटनगरस्थित एमाले पार्टी कार्यालयमा ।

७ माघको हिंसात्मक झ्डपपछि त्रास छाएको रंगेलीमा बजार, विद्यालय र यातयात पुनः सुचारु भएका छन् । सर्वपक्षीय बैठकपछि मोरङ प्रशासनले मृतकलाई शहिद घोषणा, घाइतेको उपचार र घटनाको न्यायिक छानविन लगायत मधेशीमोर्चाका मागबारे गृहमन्त्रालयमा लेखी पठाउने सहमति भएपछि ११ माघमा मृतक तीनै जनाको लास बुझेर विराटनगर र रंगेलीमा शवयात्रापछि अन्त्येष्टि पनि गरियो ।

तर, मोर्चाले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि कारबाही तथा एमाले भातृसंगठन युवासंघका केन्द्रिय सचिब पर्शुराम बस्नेतमाथि ज्यानमुद्धा चलाइनुपर्ने माग नछाडेपछि घटनापछि विस्थापित भएकाहरु घर फर्कन सकेका छैनन् ।

रंगेलीमा युवासंघको सभा भइरहँदा त्यसलाई बिथोल्न खोज्ने मधेशी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीको गोली लागेर द्रौपदी चौधरी (५८), महादेव ऋषिदेव (२८) र शिवु माझी (२०) को मृत्यु भएको थियो ।

घटनापछि सपरिवार विस्थापित भएका एमालेका रंगेली नगर अध्यक्ष मनोज अग्रवाल र इलाका अध्यक्ष दिनेश ठाकुर तथा एमालेका जिल्ला सदस्य एवम् ४ नम्बर क्षेत्रीय सह–इन्चार्ज सन्तोष साह विराटनगर आएर बसेका छन् । अखिल नेपाल महिला संघका रंगेली अध्यक्ष उषा झ, आमगाछी गाविसका पूर्व अध्यक्ष जितलाल मण्डल पनि विराटनगरबाट घर फर्कन डराइरहेका छन् ।

रंगेलीमा तनाव भएपछि घर छाडेर हिँडेका कपिलमुनी मण्डल, वशन्त कर्ण, धर्मेन्द्र मण्डल, सुरेन्द्र महतो, बिपुल पौदार, अजय राय, सुरजित दत्त, शम्भु कटुवाल, देवमणि कटुवाल, बासु पोखरेल, पुरुषोत्तम काफ्ले, दिपेन्द्र थापा, शिवु राई, गणेश महतो, शिवकुमार मण्डल, संजय यादव, अजिम आलम, मनोजकुमार साह, सिनोद झ, सुरज ठाकुर लगायत पनि फर्केका छैनन् ।

रंगेली घटनापछि सांसद शिवकुमार मण्डलको संयोजकत्वमा गठित संबाद समितिले पनि बिस्थापितहरुलाई घर फर्कने वातावरण बनाउन सकेको छैन । मोर्चाका प्रतिनिधिसहित १० माघमा भएको सर्वपक्षीय बैठकले बिस्थापितलाई घर फर्कने वातावरण बनाउने निर्णय गरेपनि त्यस्तो पहल भएको छैन । खाली घरमा लुटपाट भएको बताउने एमालेका इलाका अध्यक्ष दिनेश ठाकुर भन्छन्, “मार्ने धम्की आएको छ, कसरी घर फर्कने ?”

आक्रमणको डर
सभा हुनुभन्दा अघिल्लो दिन एमालेका रंगेली नगर अध्यक्ष अग्रवालको घरमा एक समुहले ढुङ्गामुढा र पसलमा तोडफोड गर्‍‍यो । ७ माघ दिउँसो घरमै पसेर दुइटा मोटरसाइकलमा आगजनी गरियो । रंगेली इलाका अध्यक्ष ठाकुर र जिल्ला सदस्य साहको घरमा पनि ढुंगा प्रहार भयो । ७ माघ दिउंसो सभास्थल जाने क्रममा मोर्चा कार्यकर्ताले ठाकुर, उनकी श्रीमती उषा, वसन्त कर्ण र कपिलमणि मण्डलमाथि कुटपिट गरेपछि उनीहरु भागेर स्थानीय अनिल महेश्वरीको घरमा लुकेका थिए ।

मोर्चा कार्यकर्ताले बाहिरबाट ताल्चा लगाएर बन्धक बनाएका उनीहरुलाई तीन घण्टापछि प्रहरीले उद्धार गर्‍यो । ठाकुर भन्छन्, “ढोका फुटेको भए हाम्रो लास निस्किन्थ्यो, हामीलाई मार्न खोजेका थिए ।” घर खाली छाडेर विराटनगरमा बसेका ठाकुरले १२ माघ राति घरको ढोका फुटाएर १५ तोला सुनको गहना, तीन किलो चाँदी र रु.१ लाख ३५ हजार नगद चोरी भएको बताए ।

६ माघ साँझ् सभाको तयारीमा रहेका युवासंघका २५० जना कार्यकर्ताका लागि ठाकुरको घरमा खाना पाकिरहँदा मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि ठाकुर परिवार ढोका लगाएर छतमा लुकेका थियो । मोर्चाले रंगेलीका सबै पसल र घरमा युवासंघका कार्यकर्तालाई केही खान नदिनू भन्ने उर्दी जारी गरेको थियो ।

युवासंघ मोरङका अध्यक्ष मुकेश बुढाथोकी सुत्ने ठाउँसम्म नपाएकाले चौरमा पराल ओच्छ्याएर भोकभोकै रात काटेको बताउंछन् । युवासंघका कार्यकर्तालाई खाजा दिएको भन्दै जिल्ला अस्पताल रंगेली अघिल्तिरको एक पसलमा तोडफोड गरियो । “गाउँका साथीहरुले फोन गरेर अहिले नआउनू भनेका छन्” दुई छोराछोरी र श्रीमतीसहित विराटनगरमा बसेका रंगेलीका सुनचांदी ब्यवसायीसमेत रहेका अग्रवालले भने, “उपयुक्त वातावरण बनेपछि मात्र घर फर्कन्छौं ।”

पूर्वाञ्चल मानव अधिकार सञ्जालका संयोजक सोमराज थापा रंगेलीबासीमा भय कायमै रहेको, सुरक्षित महशुस गर्न नसकेको र सुरक्षाको अनुभुति दिलाएर बिस्थापितलाई घर फर्काउन पहल गर्नुपर्ने बताउँछन् । रंगेली आन्दोलनको नेतृत्व गरिरहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य शंकर साह भने बिस्थापितहरु जतनाबाट डराएको बताउंछन् ।

“उनीहरुले गल्ती गरेका छन भने जनताबाट डराउँछन्” साह भन्छन्, “जनताको डर भए किन रंगेली आउनू ?” मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय बिस्थापितलाई फर्काउन सबै पक्षले पहल गर्नुपर्ने बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>