समाचारसोमबार, माघ १८, २०७२
मोर्चाका कार्यकर्ताद्वारा विमलेन्द्र निधिको घरमा आगजनी
मधेशी मोर्चाका कार्यकर्ताले नेपाली नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् ।
मधेशको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि कांग्रेस नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।
कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।
यसैबीच, मोर्चाले आज जनकपुर क्षेत्र बन्द गरी चोकचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
