समाचारसोमबार, माघ १८, २०७२

मोर्चाका कार्यकर्ताद्वारा बारा जिल्ला अदालत तोडफोड

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले बारा जिल्ला अदालत तोडफोड गरेका छन् ।

तराई मधेश विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष सन्तोष यादवको मुद्दाको अदालतमा पेशी हुन लागेको बेला १८ माघमा उनीहरुले तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुले बारा जिल्ला अदालतको ईजलाश नं १ रहने कोठाको झ्यालको सिसा उनीहरुले फुटाएको प्रहरीले जनाएको छ । मोर्चाका प्रवक्ता अरुण सिंहले विद्यार्थीहरुले तोडफोड नभई आक्रोशित भीडका कारण फुटेको बताए ।

गत ४ माघमा ईलाका प्रहरी कार्यालय सिमराले फ्रन्टका बारा अध्यक्ष यादवलाई पक्राउ गरेको थियो ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>