समाचारसोमबार, माघ १८, २०७२

राष्ट्रिय सहमति भए सरकार परिवर्तनः कार्की

हिमालखबर

ram karkeeएमाओवादीका स्याथी कमिटी सदस्य राम कार्कीले राष्ट्रिय सहमति भए तत्काल सरकार परिवर्तन हुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत मधेशी मोर्चा सरकार आउन चाहे सरकार परिवर्तन हुने उनले बताए । धनकुटा पुगेका कार्कीले भने, “संविधान कार्यान्वयन गर्न सरकार परिवर्तन गर्न सकिन्छ ।”

कार्कीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास जारी रहेको बताए । उनले राष्ट्रिय राजनीतिमा रहेका मूख्य व्यक्तिहरुलाई सम्मान गर्न खोज्दा ६ जना उपप्रधानमन्त्री बनाउनुपरेको बताए ।

-सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>