Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चा वार्तामा फर्कियो, कार्यदल सक्रिय बनाउने सहमति - Himalkhabar.com

समाचारसोमबार, माघ १८, २०७२

मोर्चा वार्तामा फर्कियो, कार्यदल सक्रिय बनाउने सहमति

सइन्द्र राई

वार्तामा सहभागी नेताहरु । तस्वीरः रासस

वार्तामा सहभागी नेताहरु । तस्वीरः रासस

प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चाबीच भएको वार्ताले कार्यदल सक्रिय बनाउने निर्णय गरेको छ ।

यसअघि कार्यदलले तय गरेको सहमतिकै आधारमा रहेर थप छलफल गर्न कार्यदल सक्रिय बनाउने निर्णय भएको एमाओवादीका अध्यक्ष एवम् उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहालले बताए ।

उनका अनुसार कार्यदलले सीमाकंनलगायत सहमति जुट्न नसकेको विषयमा छलफल गर्नेछ । तीन दल र मोर्चाका शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा कार्यदलले तय गरेको सहमति अनुसार संविधान संशोधन हुन सकेको थिएन ।

सत्तारुढ दल, प्रमुख प्रतिपक्ष र मोर्चाका प्रतिनीधि सम्मिलित कार्यदलबीच दुई हप्ता बढी छलफल भएर सहमति जुट्नै लाग्दा शीर्ष नेताहरु टाढिएका थिए । मोर्चा छलफलबाट बाहिरिएपछि तीन दलले ९ माघमा संविधान संशोधन गरेपछि पहिलो पटक शीर्ष नेताहरुबीच वार्ता भएको हो ।

वार्तापछि तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>