थप समाचारमंगलबार, माघ १९, २०७२

नेपालगञ्जमा महिला जलिन्

हिमालखबर

veri hospitalmaनेपालगन्ज– ११ बेलासपुरकी २५ वर्षीया रानी शेष आफ्नै घरमा जलेर गम्भीर घाइते भएकी छन् ।

१८ माघ दिउँसो करिब साढे २ बजे आफ्नै घरको भान्साकोठामा जलेर गम्भीर घाइते भएकी शेषलाई उपचारका लागि स्थानीयले भेरी अञ्चल अस्पतालमा भर्ना गराए पनि थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।

शरीरमा मट्टीतेल छरेर आगो लगाइएकी रानीको शरीररको नब्बे प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जका डा. सञ्जय बर्माले बताए । धेरै जलेको र गम्भीर अवस्था भएकालाई उनलाई थप उपचारका लागि लखनउ पठाइएको उनले बताए ।

घरमा आफूहरु मात्रै रहेको अवस्थामा श्रीमतीले कसरी आगो लगाइन् भन्ने विषयमा आफूलाई थाहा नभएको उनका श्रीमान बुधई शेषले बताए ।

उनका श्रीमानले रानीले आफै आगो लगाएको बताए पनि घटनाबारे अनुसन्धान भइरहेको र चाँडै सत्यतथ्य पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमकिरण बोगटीले बताए ।

“अहिलेसम्म श्रीमानसँग विवाद भएपछि आगो लगाएको भन्ने बुझिएको छ,” उनले भने, “अनुसन्धान भइरहेको छ, साँचो के हो चाँडै थाहा हुन्छ ।”
केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>