समाचारमंगलबार, माघ १९, २०७२

पर्सामा कांग्रेस गाउँनगर अधिवेशन सफलतापूर्वक सम्पन्न

हिमालखबर

congress_flagमधेशी मोर्चाको अवरोधका वावजुद वीरगञ्ज लगायत पर्साका विभिन्न गाउँ–नगरमा नेपाली कांग्रेसको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

१८ माघमा वीरगञ्ज उपमहानगरपालिकाको वडा नं १३ को आर्दशनगरमा मतगणना भइरहेको बेला मधेशी मोर्चाले अवरोध सृजना गरी मतपत्र च्यातेपछि त्यहाँ मतगणना अवरुद्ध हुन पुगेको छ भने अन्य स्थानमा मधेशी मोर्चाले विथोल्ने प्रयास गरेपनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

त्यस्तै ं १४ नं. वडा सभापतिमा अशोक जयसवाल सर्वसम्मत चयन भएका छन् । उक्त वडाबाट बुथ सभापति गोपाल रौनीयार, दिनेश पन्त, जीतेन्द्र पुरुष ढकाल र दिपेन्द्र चौहान सर्वसम्मत रुपमा अधिवेशन प्रतिनिधिको रुपमा छानिएका छन् ।

पूर्व सभासद अजय द्विवेदी क्षेत्र नं २ को बस्डिलवाबाट सर्वसम्मत प्रतिनिधिका रुपमा छानिएका छन् ।

पर्साका अधिकांश गाविस र नगरका वडाहरुमा निर्विरोध रुपमा क्षेत्रीय तथा जिल्ला अधिवेशनका प्रतिनिधिहरु छानिएको जिल्ला सचिव अशोक जयसवालले बताए ।

त्यसैगरी वीरगंज उपमहानगरपालिकाको वडा नं १५, १६, १७, १८, मा पनि प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् ।

वडा नंम्बर १७ वाट रामनारायण कुर्मी चयन भएका छन् । मध्वन मथौल, औराह सखुवा प्रसौनी र पोखरिया नगरपालिकाको श्रीसियामा निर्वाचन अधिकृत नपुगेकोले निर्वाचन नभएको नेपाली कांग्रेसका नेता जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।

ती स्थानमा आज निर्वाचन हुँदै छ ।

हालसम्म पर्साको क्षेत्र नं २ को मनियारीमा बाहेक सबै गाविसमा सर्वसम्मत रुपमा जिल्ला तथा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरु छनौट भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं ३ का सभापति श्याम पटेलले जानकारी दिए ।

ठोरीमा भने प्रतिनिधि छनौटको लागि निर्वाचन भएको नेपाली कांग्रेसका युवा नेता नविन सिंहले जानकारी दिए ।

छानिएका प्रतिनिधिले २२ गते क्षेत्रीय अधिवेशन मार्फत क्षेत्रीय नेतृत्वको निर्वाचन गर्ने छ ।

जिल्ला सभापति र केन्द्रीय सदस्यमा उम्मेदवार बन्नकालागि महाधिवेशन प्रतिनिधिको निर्वाचनमा बिजयी हुनु पर्ने प्रावधान रहेको छ ।

क्षेत्रीय समितिको सभापति, पदाधिकारी, सदस्य र १२ जना महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन माघ २२ गते हुने तय भएको नेपाली कांग्रेस पर्साले जनाएको छ ।
जियालाल साह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>