समाचारमंगलबार, माघ १९, २०७२

मोर्चा अतिवादतर्फ गयो: रामसरोज यादव

हिमालखबर

नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले मधेशकेन्द्रित दलका व्यक्तिले कांग्रेसका नेता र सभासद्का घरमा आगजनी एवम् ढुङ्गामुढा गरिरहेकोमा आपत्ति जनाएका छन ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज,१९ माघमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति यादवले निजी घरमा आगजनी र ढुङ्गामुढा गर्नु निन्दनीय भएको बताउँदै कांग्रेसका लागि अधिवेशन आन्तरिक जीवनको विषय भएकाले त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निषेधात्मक प्रदर्शन गर्नु अतिवादको परिचायक रहेको बताए ।

उनले मोर्चाले अधिवेशन बिथोलेको भन्ने कुरामा सत्यता नभएको बताउँदै विथोल्ने प्रयास गरे पनि अधिकांश गाविसमा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको प्रस्ट पारे ।

मोर्चाका कार्यकर्ताले १८ माघमा कांग्रेस नेता विमलेन्द्र निधिको घरमा आक्रमणका साथै आगजनी गरेका थिए भने त्यसअघि १७ माघमा रामसरोज यादव र लीला कोइरालाको  घर घेराउ गरी आक्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>