समाचारमंगलबार, माघ १९, २०७२

मधेशमा आन्दोलनको औचित्य छैनः गच्छदार

हिमालखबर

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशमा जारी आन्दोलनको औचित्य सकिएको बताएका छन् ।

केही मधेशकेन्द्रित दलहरुको आन्दोलनले मधेश र मधेशीलाई नै पीडा दिएको र राष्ट्रलाई ठूला आर्थिक नोक्सानी गराएको भन्दै उनले आन्दोलन तुरुन्तै रोक्न आन्दोलनरत पक्षलाई आग्रह समेत गरेका छन् ।

१९ माघमा धनकुटाको छिन्ताङमा आदर्श उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्न आएका सरकारका उपप्रधानमन्त्री समेत रहेका गच्छदारले पत्रकारहरुसँग कुरा गर्दै मधेशी मोर्चाका केही माग पूरा भइसकेको र बाँकी मागहरु पूरा गर्न सरकारले प्रतिवद्धता जनाइसकेको अवस्थामा आन्दोलनको औचित्य नभएको बताएका हुन् ।

जनसंख्यालाई प्रमुख आधारमा मानेर निर्वाचन क्षेत्र निर्धारणका हुने गरी संविधानमा संशोधन भइसकेको भन्दै गच्छदारले मधेश मात्रै वा पहाड मात्रैको प्रदेशको माग गर्नुको कुनै तुक नभएको बताए ।

गच्छदारले स्थानीय निकायको निर्वाचनका लागि पनि सरकारले तयारी गरिरहेको जानकारी दिएका थिए ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>