समाचारमंगलबार, माघ १९, २०७२
राप्रपा र राप्रपा नेपाल एकताका लागि वार्ता टोली
राप्रपाले राप्रपा नेपालसँग पार्टी एकताको लागि महामन्त्री बुद्धिमान तामाङ संयोजक रहेको सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।
पार्टीका प्रवक्ता ठाकुर शर्माद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार वार्ता समितिका सदस्यमा प्रवक्ता शर्मा, सहायक महामन्त्रीद्वय हेमजङ गुरुङ र भुवनकुमार पाठक, सहायक प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यद्वय श्रीमती दुर्गा श्रेष्ठ र रामकृष्ण भट्टराई छन् ।
दुवै पार्टी बीच एकताको चर्चा केही वर्षदेखि चल्दै आए पनि अहिलेसम्म एकता भने हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>