थप समाचारमंगलबार, माघ १९, २०७२

कांग्रेसको अधिवेशन विथोल्ने मोर्चाका कार्यकर्ता पक्राउ

हिमालखबर

नेपाली कांग्रेसको राजविराज नगर अधिवेशनमा अवरोध गर्न खोज्ने १० भन्दा बढी मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले राजविराजबाट पक्राउ गरेका छन ।

राजविराजस्थित के.अ. माविमा भइरहेको नेपाली कांग्रेसको राजविराज नगर अधिवेशनमा मोर्चा कार्यकर्ताले अवरोध पुर्‍याउन गएका सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मंञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, सदस्य केदार यादव, तपलोपा सप्तरीका कोषाध्यक्ष वीरेन्द्र साह, नेकपा-माओवादी मातृका समूहका जयप्रकाश यादवसहितका दसजनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बताए ।

हिजो १८ माघ सोही ठाउँमा अधिवेशनलाई बिथोल्न खोज्दा कांग्रेस कार्यकर्ता र मधेशी मोर्चाबीच भएको झडपमा मोर्चाका एक जना कार्यकर्ता घाइते भएपछि कांग्रेस सप्तरीले नगर अधिवेशन स्थगित गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>