अर्थ/बजारबुधबार, माघ २०, २०७२

७६ करोडको सुन्तला

हिमालखबर

–बद्री पन्त, जाजरकोट

wKW6sM5मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटमा यस वर्ष रु.७६ करोड ७२ लाख मूल्य बराबरको एक हजार ३९५ टन सुन्तला उत्पादन भएको छ।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश राम्जालीका अनुसार गत वर्षभन्दा उत्पादन घटे पनि बजारमूल्य अनुसार किसानको आम्दानी बढेको छ। गत वर्ष १५० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट एक हजार ५०० टन उत्पादन हुँदा किसानले रु.७५ करोड आम्दानी गरेका थिए।

जाजरकोटका ढिमे, डाँडागाउँ, लह, खलंगा, खगेनकोट, पंैक, झ्ाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायतका गाविसलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ।

सिंचाइ र मलखादको अभावमा अपेक्षित उत्पादन नभए पनि अन्य खेतीको तुलनामा राम्रो आम्दानी हुन थालेपछि सुन्तला खेती गर्ने किसानको संख्या बढ्दै गएको कृषि प्रसार अधिकृत राम्जाली बताउँछन्।

थोरै लगानीबाट धेरै आम्दानी हुने भएकाले किसानले मकै, गहुँ, जौ, कोदो, फापर लगाउने बारीमा सुन्तला खेती गर्न थालेका छन्। ढिमेका किसान शक्तिबहादुर ओली भन्छन्, “अरू बालीभन्दा सुन्तला खेतीबाट हुने आम्दानी कता हो कता फरक छ।”

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>