समाचारबुधबार, माघ २०, २०७२

सीमाकंन नटुंगिएसम्म नाका खुल्दैनः महन्थ ठाकुर

हिमालखबर

पत्रकार सम्मेलनमा तमलाेपाका शीर्ष नेताहरु । तस्वीरः सुरेश विडारी

पत्रकार सम्मेलनमा तमलाेपाका शीर्ष नेताहरु । तस्वीरः सुरेश विडारी

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमाकंन नटुंगिएसम्म नाका नखुल्ने बताएका छन् ।

वीरगञ्जस्थित होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले प्रमुख तीन दलले सीमाकंनबारे स्पष्ट धारणा ल्याएपछि मात्रै नाका खुल्ने बताए । उनले भने, “मोर्चाको अर्को बैठकबाट नाकाबन्दीसहित नयाँ कार्यक्रमहरु सार्वजनिक हुन्छ ।”

ठाकुरले सरकार र तस्करहरुले मधेश आन्दोलनको बदनाम गरेको बताए । उनले भने, “सरकार र प्रमुख दलहरुले वार्ताको नाममा नौटंकी गरिरहँदा निष्कर्षमा पुग्न सकिएको छैन ।”

मधेश आन्दोलनलाई सशक्त बनाउन आन्दोलनरत दलहरुबीच सहकार्यका लागि आफूहरु तयार रहेको बताए ।

–सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>