समाचारबुधबार, माघ २०, २०७२
अराजक गतिविधि नगर्न मधेश केन्द्रित दललाई देउवाको आग्रह
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई अराजक गतिविधि नगर्न आग्रह गरेका छन् ।
आज, २० माघमा प्रेस विज्ञपति जारी गर्दै देउवाले मधेशी मोर्चामा आवद्ध हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायतका नेताको घरमा पुर्याएको क्षतिको निन्दा र भत्र्सना गरेका छन् ।
मोर्चाका कार्यकर्ताले केही दिनअघि नेता निधि, कांग्रेस सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद् रामकृष्ण यादवको घरमा तोडफोड, ढुङगामुढा गरि क्षति पुर्याएका थिए ।
देउवाले पार्टीको अधिवेशनका सन्दर्भमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरु बिथोल्न उद्दण्ड र अराजक समूहले गरेका गैरकानूनी र अराजक गतिविधिलाई तुरुन्त रोक्न र घटनामा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
पार्टीको अधिवेशनको स्थानीयदेखि केन्द्रीय तहसम्म लोकतान्त्रिक अभ्यास भइरहेको अवस्थामा अवरोध पुर्याउने र कार्यकर्तालाई हतोत्साहित गर्ने काम तुरुन्त बन्द गर्न सम्बद्ध राजनीतिक दलहरुलाई देउवाले आग्रह गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
