समाचारबुधबार, माघ २०, २०७२

संघीय समाजवादी फोरम फुट नजिक

सइन्द्र राई

upendra+rijwanसंघीय समाजवादी फोरम नेपालका नेता रिजवान अन्सारी लगायतले छुट्टै पार्टी निर्माणको अभियान थालेका छन् ।

उनीहरुले ‘संघीय नव विचार समूह’ नामबाट गतिविधि थालेका छन् । अभियानका संयोजक अन्सारीले भने, “एमाले परित्याग गर्दै संघीय समाजवादी पार्टी नेपाल गठन गर्दा जून नीति लिएका थियौं, त्यसबाट नेतृत्व विचलित भएकाले नयाँ अभियान थालेका हौं ।”

पार्टी संगठन निर्माण र मधेश आन्दोलनमा असन्तुष्टि जनाउँदै उनीहरुले नेतृत्वलाई दुई हप्ताको समय दिएका छन् । “दुई हप्ताभित्र माग पूरा नभए जिल्ला–जिल्लामा यो अभियान चलाउँदै नयाँ निर्णयमा पुग्छौं”, अन्सारीले भने ।

नेतृत्वको असफलताले मधेशमा ठूलो आन्दोलन हुँदा पनि उपलब्धी हासिल नभएको उनीहरुको आरोप छ । गत जेठ महीनामा अशोक राई नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकारी फोरम नेपालको एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल गठन भएको थियो ।

अन्सारीले भने, “पार्टी एकता गर्दा समावेशी समानुपातिक नेतृत्व स्थापित गराउने काम भएन, यसले अरु पार्टी भन्दा भिन्न देखिएन ।” यो समूहमा वीरबहादुर लामा (मकवानपुर), नोरशाङ शेर्पा (दोलखा), राजकुमार यादव (पर्सा), रामेश्वरप्रसाद यादव (रौतहट), बाबुराम भुसाल (बर्दिया), विश्वदीप लिङ्देल (झापा), नवीन्द्रकुमार योञ्जन (सिन्धुपाल्चोक), देवेन्द्र राई (इलाम), मेम्बर लो (मकवानपुर), शम्भु चौधरी (बारा), उपेन्द्र साह (महोत्तरी), रामेन्द्र साह (सर्लाही) र कलामुद्दीन मदनी (बारा) छन् ।

प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको, मधेश आन्दोलन उपलब्धी मुलक नभएकोलगायत ६ बुँदे नेतृत्वको आलोचनासहित विशेष केन्द्रीय कमिटी बैठकको माग समेत राखिएकाे छ ।

एमालेबाट सांसद् र मन्त्री भइसकेका अन्सारी मधेशमा प्रभावशाली नेता मानिन्छन् । पूर्व क्षेत्रका सय भन्दा बढी जनजाति नेतारुले भर्खरै पार्टी परित्याग गरेका थिए ।

याे पनि हेर्नुहाेसः तीन दलको एकीकरण: सहयात्रामा शंका

सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>