थप समाचारबुधबार, माघ २०, २०७२

साउदीमा एक नेपालीको मृत्यु

हिमालखबर

रोजगारीकालागि साउदी अरब पुगेका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ ।

धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब पुगेको तीन महिना नबित्दै स्वचालित ढोकाले च्यापिएर ज्यान गएको हो ।

अघिल्लो आइतबार ढोकाले च्यापिएर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको सउदीमै रहेका लखिन्द्र यादवले बताए ।

लखिन्द्रका अनुसार मृतक यादवको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । होटेल सञ्चालकले स्वचालित ढोकाले च्यापिएर यादवको मृत्यु भएको भनेपनि घटना शङ्कास्पद रहेको उनको भनाइ छ ।

यादव साउदीको इस्टर्न वर्क्स अपरेसन सप्लाई कम्पनीमार्फत खोबारस्थित मुभेनपिक होटेलमा कार्यरत थिए । उनी गत १ मंसीरमा विजय ओभरसिज काठमाडौँमार्फत साउदी गएका थिए ।

यादवको शव खोबारस्थित अलमना अस्पतालमा राखिएको छ । उनको मृत्यु भएको खबर परिवारलाई जानकारी गराइएको लखिन्द्रले बताए ।

यादवको परिवारमा वृद्ध बुबाआमा, एक श्रीमती र ६ महिनाको एक छोरा छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>