समाचारबुधबार, माघ २०, २०७२

कांग्रेसलाई कमजोर बनाए मधेश बलियो हुँदैनः निधि

हिमालखबर

nidhiनेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेसलाई कमजोर पारेर मधेश बलियो नहुने बताएका छन् ।

२० माघमा जनकपुर आइपुगेका निधिले मधेशमा आन्दोलनरत पक्षले ‘मधेशको वास्तविक प्रतिनिधि नेपाली कांग्रेस’ लाई निषेध गरेर, आफ्नै खुट्टामा बञ्चरो हानेको बताए ।

संविधान जारी भएपछि पहिलो पटक गृहजिल्ला आएका नेता निधिले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनरत दलहरुका बाँकी माग सम्बोधनका लागि कांग्रेसको महाधिवेशनसम्म पर्खिनुपर्ने बताए ।

“मधेशको वास्तविक प्रतिनिधि कांग्रेस नै हो,” उनले अगाडि भने, “कांग्रेसको विरोध गरेर, कमजोर बनाएर मधेश बलियो बन्दैन ।”

उनले मधेशी मोर्चाका नेताहरुलाई शान्तिपूर्ण आलोचना, विरोध र नाराबाजी गर्ने राजनीतिक अधिकारमा मात्रै सिमित रहन समेत सुझाव दिए ।

आन्दोलनका नाममा अराजक गतिविधि हुँदा मधेशीलाई अधिकार सम्पन्न गराउने अभियान कमजोर हुने उनको भनाई थियो ।

निधिले संविधानको पहिलो संशोधन आन्दोलनरत पक्षको सहमतिमा भएको समेत दाबी गरे ।

उनले नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व, सीमांकन लगायतका माग पूरा गर्नका लागि शान्तिपूर्ण संघर्ष नै उपयुक्त हुने भन्दै अराजक गतिविधिमा नलाग्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

मधेशी मोर्चा लगायत आन्दोलनरत पक्षको विरोधका बावजूद २० माघ अपरान्ह जनकपुर आएका नेता निधि विमानस्थलबाट सोझै नगराइनस्थित आफ्नो घर पुगेका छन् ।

निधिलाई मधेशमा आउन नदिने भन्दै विरोधमा जम्मा भएका मोर्चाका नेता कार्यकर्तालाई सुरक्षाकर्मीले जनकपुर विमानस्थलभन्दा दुई किलोमिटर पर रोकेको थियो ।

यद्दपी सुरक्षा घेरा तोड्ने क्रममा भएको झड्पमा चार जना घाईते भएका छन् । घाईतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>