थप समाचारबुधबार, माघ २०, २०७२

चन्दा माग्दै बिष्फोट गराउने पक्राउ

हिमालखबर

firauti

सुरेन्द्र यादव

अपहरण गर्ने धम्की दिएर बम बिष्फोट गराउने एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

चन्दा माग गरेपछि नदिएका दुई जनाको घरमा बम बिष्फोट गराउने सप्तरीकै फर्सेठका सुरेन्द्र यादवलाई गाउँमै लुकेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार ३० वर्षीय यादवले आफूलाई ‘मधेश महिया पार्टी’ को भगत सिंह भन्दै राजविराज–५ निवासी महेश शर्मासँग १९ पुसमा रु. ५० लाख माग गरेकोमा उक्त रकम नपाएपछि शर्माको घरमा बिष्फोट गराएका थिए ।

त्यसैगरी यादवले कञ्चनरुप नगरपालिका–१ निवासी उपेन्द्रप्रसाद साहसँग पनि गत १ माघमा फोन गरी २४ घण्टाभित्र रु १० लाख दिन भनेका थिए । साहले नदिएपछि उनले २ माघमै साहको घरमा बिष्फोट गराएका थिए ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>