थप समाचारबुधबार, माघ २०, २०७२

प्रधानसेनापति क्षत्रीलाई भारतीय सेनाको मानार्थ दर्ज्यानी

हिमालखबर

prezभारतका राष्ट्रपति प्रणव मुखर्जीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवनमा आज, २० माघमा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्रीलाई भारतीय राष्ट्रपतिले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाल र भारतबीच दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने परम्परा छ ।

प्रधानसेनापति क्षत्रीले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण गर्ने कार्यक्रमअन्तर्गत प्रधानसेनापति क्षत्रीले भोलि मध्य प्रदेशको इन्दौरस्थित आर्मी वार कलेजको भ्रमण गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...