थप समाचारबिहीबार, माघ २१, २०७२

महेन्द्रनगर: छैठौंद्वारा शिक्षा कार्यालयमा तोडफोड

हिमालखबर

todfodराष्ट्रिय जनमोर्चाको बर्गीय संगठन अनेरास्ववियू (छैठौ) ले कञ्चनपुर जिल्ला शिक्षा कार्यालयमा तोडफोड गरेको छ ।

२१ माघ दिउँसो कार्यालय सञ्चालन भइरहेको समयमा छैठौंको समूहले तोडफोड तथा आगजनी गरेको हो ।

उनीहरुले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षको ढोका तोडफोड गर्नुका साथै कुर्सी बाहिर ल्याएर जलाएका छन् ।

जिल्ला शिक्षा कार्यालय समक्ष १५ दिनअघि बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएपछि तोडफोड गरिएको छैठौंका केन्द्रीय सचिवालय सदस्य महेश जोशीले बताए ।

छैठौंले विदेशी नामाकरण गरिएका निजी विद्यालयले नेपाली नाम राख्नु पर्ने, शिक्षा समिति गठन गर्नु पर्ने, विस्थापित शिक्षकलाई स्थापित गरिनु पर्ने, राहत शिक्षक सार्वजनिक गर्नु पर्ने लगायतका ११ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको थियो ।

जिल्ला शिक्षा कार्यालयका उपसचिव पदम राज भट्टले अखिल छैठौंबाट कुनै प्रकारको ज्ञापन प्राप्त नभएको प्रतिक्रिया दिए ।

उनले एक्कासी आएका केहि केटाहरुले जिशिअको कार्याकक्षको ढोका तोडफोड गरी कुर्सी जलाएको बताए ।
बच्चु विक, कञ्चनपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>