समाचारबिहीबार, माघ २१, २०७२

‘सरकारले के गर्छ ?’

हिमालखबर

सबै मन्त्रालयले गर्ने प्रमुख कामको विवरण सङ्कलन गरेर सामान्य प्रशासन मन्त्रालयले ‘सरकारले के गर्छ ?’ विषयको सूचनामूलक पुस्तिका प्रकाशन गर्ने भएको छ ।

पुस्तिकाका लागि सबै मन्त्रालय अन्तर्गतका निकायले गर्ने प्रमुख कामको विवरण मागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पुस्तिकामा सार्वजनिक निकायबाट नागरिकलाई दिइने सेवासुविधा, सामाजिक सुरक्षा, अनुदान, छुट र दस्तुर मिनाहाजस्ता विषय समेटिनेछ ।

यस्तै, नागरिकलाई सरकारले कुन–कुन काममा सहयोग, समन्वय, संरक्षण, सम्बद्र्धन, परामर्श, वितरण, अनुगमन, नियमन, स्तर निर्धारण जस्ता विषयमा के कस्ता सेवा प्रदान गरिएको भन्ने सार्वजनिक गरिने मन्त्रालयका सहसचिव किरणराज शर्माले बताए ।

मन्त्रालयहरुबाट विवरण आउने क्रम सुरु भएकाले माघको अन्तसम्ममा पुस्तिका प्रकाशनमा मन्त्रालयको योजना छ । मन्त्रालयको सोचपत्र २०७२ अनुसार यो पुस्तिका प्रकाशन गर्न लागिएको हो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>