समाचारबिहीबार, माघ २१, २०७२

‘बसेको मान्छेलाई उठाएर आसन ग्रहण नगराउनुहोला’

हिमालखबर

kpकुर्सीमा बसिरहेको मान्छेलाई आसन ग्रहणका नाममा अब आइन्दा उठाउने काम नगराउन कार्यक्रम आयोजकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन् ।

गृहमन्त्रालयले ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमको कार्यसूची हेर्दै उनले भने, “हाम्रा कार्यक्रम परम्पराबाट हटेर अलि सजिलो ढङ्गबाट निर्माण हुनुपर्छ ।”

सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपतिभन्दा पहिले अरु व्यक्तिहरु पुगिसक्ने भएकाले उनको आगमनसँगै स्वागत, सम्मान र सलामी भइसकेपछि फेरि विशिष्ट व्यक्ति भन्दै सबैलाई आसन ग्रहण गराएर कार्यक्रमलाई लम्बेतान र भद्दा नबनाउन प्रम ओलीले सल्लाह दिएका हुन् ।

“अन्यत्र पनि यस्तो चलन हुँदैन । प्रमुख अतिथि आइपुगेपछि सकियो । बसिरहेका मान्छेलाई उठाउँदै आसन ग्रहण गराएको हो कि उठाएको हो, थाहा हुँदैन, त्यस्तो काम गर्नु हुँदैन,” ओलीले भने ।

“आसन ग्रहण गराउने भनेको बसाउने हो, बसेको मान्छेलाई उठाएर आसन ग्रहण गर्दै हुनुहुन्छ, हेर्नुस् भन्ने पक्कै होइन होला १” उनले अगाडि भने ।

प्रजातन्त्र दिवस मूल समारोह समितिले राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि, उपराष्ट्रपति नन्दबहादुर पुन अतिथि हुने गरी सैनिक मञ्चका लागि बनाएको कार्यक्रम र आसन ग्रहण सूची हेरेर प्रधानमन्त्रीले बैठकमा सुझावसहित उक्त टिप्पणी गरेका हुन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>