खेलकुदबिहीबार, माघ २१, २०७२
नेपालको फिफा वरियतामा सुधार
माघ पहिलो साता बंगबन्धु गोल्ड कप जितेको नेपाल विश्व फुटबल महासंघ (फिफा) वरियतामा आठ स्थानमाथि उक्कलिएको छ । फिफाले २१ माघमा सार्वजनिक गरेको वरियता अनुसार नेपाल १८८ औं स्थानमा छ । नेपाल यसअघि इतिहासकै सबैभन्दा खराब अर्थात १९६ औं स्थानमा थियो ।
नेपाल भन्दा पछाडि रहेका दक्षिण एसियाली देशहरूमा श्रीलंका १८९ र भुटान १९३ औं स्थानमा छ ।
फिफा वरियताको पहिलो नम्बरमा बेल्जियम, दोस्रोमा अर्जेन्टिना, तेस्रोमा स्पेन, चौथोमा जर्मनी र पाँचौमा चिली यथावत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>