रमझमबिहीबार, माघ २१, २०७२

शुक्रबार चार नेपाली चलचित्र आउँदै

हिमालखबर

शुक्रबार चारवटा नेपाली चलचित्र एकै साथ ‘रिलिज’ हुँदैछन् ।

kasailai-nabhannuभोलि, २२ माघमा राजधानीमा ‘कसैलाई नभन्नु’, ‘बिन्दास–३’, ‘सुपरहिट’, र ‘कैफियत’ रिलिज हुने भएका हुन् ।
मन्दीप राणाको निर्देशनमा रहेको चलचित्र ‘कसैलाई नभन्नु’ साङ्गीतिक प्रेम कथामा आधारित हो । सञ्जु लामिछाने केसीको प्रस्तुति रहेको चलचित्रमा दिनेश शर्मा, देशभक्त खनाल, किशोर केसी, आयुष्मा कार्कीलगायत कलाकारको अभिनय छ ।

त्यस्तै, मनोरञ्जनात्क कथा बोकेको राजु गिरीले निर्देशन गरेको ‘बिन्दास–३’ मा नायिका शुभेच्छा थापाको लगानी छ जसमा नायिका थापासँगै अशोक फुयाँल, मनिष कार्की आदि कलाकारको अभिनय छ ।

त्यसैगरी, सौरभ र निरञ्जनको जोडी निर्माता/निर्देशक रहेको अर्को मनोरञ्जनात्मक चलचित्र ‘सुपरहिट’ हो । यो चलचित्रको कथाअनुसार नायिका बिनिता बरालले केन्द्रीय भूमिका निर्वाह गरेकी छन् ।

kaifiyatसाथै, चिन्तामणि बरालको प्रस्तुति तथा दशरथ गिरीको निर्देशनको एक्सन प्रधान चलचित्र कैफियतमा नन्दिता केसी, शङ्कर शाही, नवीन श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।

एकैदिन चार/चार चलचित्र प्रदर्शन हुँदा व्यापारमा असरपर्ने भएपनि प्रतिस्पर्धाबीच दर्शकको माया पाएका चलचित्र झन् सफल ठहरिने वितरक करण श्रेष्ठले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...