थप समाचारबिहीबार, माघ २१, २०७२
उद्योगपति लुनकरणदास चौधरीको निधन
मुलुकका प्रतिष्ठित उद्योगपति एवम् चौधरी समूहका संरक्षक लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज, २१ माघ अपराह्न निधन भएको छ ।
लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीले पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गरेका थिए ।
उनी चौधरी समूहका संस्थापक एवम् उद्योगपति विनोद चौधरीका बुवा हुन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
