Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आक्रमण र तोडफोड बन्द गर्न मधेशी मोर्चालाई आग्रह - Himalkhabar.com

समाचारबिहीबार, माघ २१, २०७२

आक्रमण र तोडफोड बन्द गर्न मधेशी मोर्चालाई आग्रह

हिमालखबर

राष्ट्रिय मानवअधिकार आयोगले मधेशी मोर्चालाई आक्रमण, तोडफोड र आगजनी यथाशीघ्र बन्द गर्न भनेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा मोर्चाले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई धनुषा जिल्ला प्रवेशमा रोक लगाई उनीहरुको घर तथा सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको भन्दै त्यस्तो कार्य तुरुन्तै रोक्न आग्रह गरिएको छ ।

आन्दोलनका क्रममा सर्वसाधारणको ज्यान जाने गरी कारबाही नगर्न तथा झडप हुने स्थिति आउन नदिई संयमता अपनाउन पनि आयोगले मोर्चा लगायत आन्दोलनरत पक्ष र सरकारलाई आग्रह गरेको छ ।

मोर्चाको विरोधका कारण नेपाली काँग्रेसका सांसद आफ्नो निवासबाट बाहिर निस्कन नसक्ने अवस्था रहेको पनि आयोगले जनाएको छ ।

शान्तिपूर्वक भेला भई आन्दोलन गर्न पाउने अधिकारको रक्षा गर्दै वार्ता र संवादका माध्यमबाटै यथाशीघ्र विद्यमान समस्याको हल निकाल्न आयोगले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>