खेलकुदशुक्रबार, माघ २२, २०७२

नेपाल बांग्लादेशद्वारा ६ विकेटले पराजित

हिमालखबर

बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा बांग्लादेशले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।

बांग्लादेशको मिरपुरस्थित शेरे बांग्लादेश रांगशालामा जारी क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।

नेपालले दिएको लक्ष्य बांग्लादेशमा ४ विकेटको क्षतिमा ४८.३ ओभरमा २१५ रन बनाएर पूरा गर्यो‍ ।

नेपालका तर्फबाट सुनिल धमलाले दुई विकेट, सन्दिप लामिछानेले १ विकेट लिए ।

यसअघि नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ७२ रन बनाए । उनले ८० बल खर्चेर ८ चौका र १ छक्का सहित ७२ रन बनाएका हुन् ।

त्यसैगरी सुनिल धमला ६२ बलमा २५, दीपेन्द्रसिंह ऐरी ४५ बलमा २२ रन, आरिफ शेखले ३२ बलमा २१, कुशल भूर्तेलले १७ बलमा १४ रन, राजवीर सिंह २२ बलमा ९ रन, सन्दिप सुनार १२ बलमा ७ रन, सुशील कँडेल ४ बलमा २ रन, योगेन्द्र सिं कार्की २ बलमा १ रन बनाए । प्रेम तामाङ २४ बलमा २२ रन बनाएर नट आउट रहे ।

नेपाली टोलीका चार ब्याट्सम्यान कप्तान रिजाल, सुनिल धमला, कुशल भूर्तेल र सुशील कडेल रन आउट भएका हुन् ।
यो हारसँगै नेपाल जारी प्रतियोगिताबाट बाहिरिएको छ ।
————————————————————————————————-
नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउँदै बांग्लादेशले ब्याटिङ गरिरहेको छ ।

बांग्लादेशले ४६ ओभरमा  ४ विकेट गुमाएर १९० रन बनाएको  छ ।

बांग्लादेशका जोयराज शेख सुनिल धमलाको बलमा एलबीडब्ल्यू आउट भएका छन् । यसअघि नजमुल हसन सन्तो  सन्दिप लामिछानेको  बलमा क्याच आउट, पिनाक घोष राजु कडेलको बलमा रन आउट भएका थिए भने  सइफ हसन सुनिल धमलाको बलमा एलबीडब्ल्यू  आउट भएका  थिए ।

———————————————————————————————-

नेपालद्वारा बांग्लादेशसामु २१२ रनको लक्ष्य

बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले बांग्लादेशलाई २१२ रनको लक्ष्य दिएको छ ।

cricket

तस्वीर साभार: आइसीसी

बांग्लादेशको मिरपुरस्थित शेरे बांग्लादेश र‌ंगशालामा जारी क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाएको हो ।

नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ७२ रन बनाए । उनले ८० बल खर्चेर ८ चौका र १ छक्का सहित ७२ रन बनाएका हुन् ।

त्यसैगरी सुनिल धमला ६२ बलमा २५, दीपेन्द्रसिंह ऐरी ४५ बलमा २२ रन, आरिफ शेखले ३२ बलमा २१, कुशल भूर्तेलले १७ बलमा १४ रन, राजवीर सिंह २२ बलमा ९ रन, सन्दिप सुनार १२ बलमा ७ रन, सुशील कँडेल ४ बलमा २ रन, योगेन्द्र सिं कार्की २ बलमा १ रन बनाए । प्रेम तामाङ २४ बलमा २२ रन बनाएर नट आउट रहे ।

नेपाली टोलीका चार ब्याट्सम्यान कप्तान रिजाल, सुनिल धमला, कुशल भूर्तेल र सुशील कडेल रन आउट भएका हुन् ।
——————————————————————————————-

नेपालको आठौं विकेट गयो, २०७/८ (४९)
हिमालखबर
बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आठौं विकेट गुमाइसकेको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी ४५ बलमा २२ रन बनाएर बोल्ड भएका हुन् ।
———————————————————————————————
बांग्लादेशमा जारी आइसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालको सातौं विकेट गएको छ । १७ बलमा १४ रन बनाएका कुशल भूर्तेल रन आउट भएका हुन् ।
अहिले क्रिजमा प्रेमसिंह तामाङ र दीपेन्द्र सिं ऐरी छन् ।
———————————————————————————————-
बांग्लादेशमा जारी आइसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालको छैटौं विकेट गएको छ ।
राजवीर सिंह २२ बलमा ९ रन बनाएर एलबीडब्ल्यू आउट भएका छन् । अहिले क्रिजमा कुशल भूर्तेल र दीपेन्द्र सिंह ऐरी छन् ।
नेपालले ४२ ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको छ ।
———————————————————————————————
कप्तान राजु रिजाल ८० बलमा ७२ रन बनाएर आउट भएका छन् । उनी रन आउट भएका हुन् ।
नेपालले अहिले सम्म ३६ ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनाएको छ । क्रिजमा राजवीर सिंह र दीपेन्द्र सिंह ऐरी छन् ।
——————————————————————————————
बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ् गरिरहेको छ ।
कप्तान राजु रिजाले ७५ बलमा ७ चौका र १ छक्का सहित ६६ रन बनाएका छन् । उनले ५८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५० रन पुरा गरेका थिए ।
अहिले क्रिजमा कप्तान रिजाल र राजवीर सिंह छन् । राजवीर सि‌हले १५ बलमा ७ रन बनाएका छन् ।
आरिफ शेख ३२ बलमा २१ रन बनाएर क्याच आउट भएका छन् । नेपालले अहिलेसम्म ३३ ओभरमा ४ विकेट गुमाउँदै १४० रन बनाएको छ ।
——————————————————————————————–
बांग्लादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले बांग्लादेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।
शेरे बांग्लादेश रंगशलामा जारी क्वाटर फाइनल खेलमा नेपालले टस जितेर पहिले व्याटिङ रोजेको हो । नेपालले अहिलेसम्म २५ ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको छ ।
सुनिल धमला ६२ बलमा २५, सन्दिप सुनार १२ बलमा ७ रन, योगेन्द्र सिं कार्की २ बलमा १ रन बनाएर आउट भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...