समाचारशुक्रबार, माघ २२, २०७२

वीरगञ्ज–रक्सौल नाका ब्यापारीहरुले खोले

हिमालखबर

वीरगञ्ज–रक्सौल नाकाका धर्नाकारीलाई हटाएर स्थानीय व्यापारीले नाका सुचारु गराएका छन् ।

२२ माघ दिउँसो नाकामा थोरै धर्नाकारी रहेका बेला उनीहरुको सहमतिमा रक्सौलबाट केही थान ट्याक्टर भित्रिएका थिए । त्यसपछि त्यहाँ रहेका ब्यापारीले आफ्ना अन्य गाडीहरु पनि नेपाल भित्र्याउन भन्दै नाकास्थित मितेरी पुलमा धर्नाकारीले राखेका टेन्ट हटाएर जलाइदिएका छन् ।

अहिले धर्नास्थलमा आन्दोलनरत दलका नेता–कार्यकर्ता कोही पनि छैनन् ।

नाकाबाट ठूला गाडीहरु भने आइरहेका छैनन् । तर टेम्पु, रिक्सा, टाँगा रक्सौल–वीरगञ्ज सहज रुपमा सञ्चालन भइरहेका छन् ।

जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>