Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुनरावेदनका न्यायाधीशहरुको काज मिलान र सरुवा - Himalkhabar.com

समाचारशुक्रबार, माघ २२, २०७२

पुनरावेदनका न्यायाधीशहरुको काज मिलान र सरुवा

हिमालखबर

न्याय परिषद्ले पुनरावेदन अदालतका तीन मुख्य न्यायाधीश र २८ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

२१ माघमा परिषद्ले मुख्य न्यायाधीशहरू दीपकुमार कार्की, (पुनरावेदन अदालत दिपायलबाट बाग्लुङमा), केदारप्रसाद चालिसे (बाग्लुङबाट विराटनगरमा) र डा. आनन्दमोहन भट्टराईलाई (विराटनगरबाट पाटनमा) सरुवाका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता देवेन्द्रराज ढकालले जानकारी दिए ।

यी तीनै जना मुख्य न्यायाधीशहरू अहिले सरुवाका लागि सिफारिस भएका अदालतहरूमै काजमा थिए । सरुवाको सिफारिस भनिए पनि परिषद्ले उनीहरूको काज मिलान गरेको हो ।

त्यस्तै पुनरावेदन अदालत पाटनका सात जना न्यायाधीशको सरुवा सिफारिस भएको छ । परिषद्ले न्यायाधीशहरू हेमराज पन्त (बुटवलमा), पुष्पराज कोइराला (विराटनगरमा), विदुरविक्रम थापा (विराटनगरमा), सलाउद्दिन अख्तर सिद्धिकी (हेटौंडामा) र दुर्गादत्त भट्टलाई (पोखरामा) सरुवा सिफारिस गरेको हो । त्यस्तै शिवनारायण यादव (इलाममा) र कुमार चुडाल (तुलसीपुरमा) सरुवा सिफारिस भएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्ले निर्णयका लागि प्रधानन्यायाधीशलाई नै सिफारिस गरेको हो ।

सरुवा हुने न्यायाधीशहरूको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>