समाचारशुक्रबार, माघ २२, २०७२

वीरगञ्ज रक्सौल नाकाबाट कन्टेनर भित्रिन थाले

हिमालखबर

वीरगञ्ज रक्सौल नाकामा धर्नाकारीले राखेको अवरोध व्यापारीले हटाएपछि अहिले ठूला मालवाहक कन्टेनर नेपालतर्फ भित्रिइरहेका छन् ।

नाकाबन्दी भएको १३५ औं दिनमा दिउँसो करिब १ बजेदेखि अहिलेसम्म  दुई वटा ट्यांकरसहित करिब ६० वटा ठूला मालबाहक गाडी नेपाल आइसकेका छन् ।

सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै स्थानीय वासिन्दाको ठूलो उपस्थिति छ ।

नाकामा तमलोपाका नेता
यसैबीच तमलोपाका महामन्त्री जितेन्द्र सोनल मितेरी पुल नजिक पुगेका स्थानीयसँगको विवादपछि फर्किएका छन् । मधेशी मोर्चाको औपचारिक निर्णय नआउँदासम्म नाका खोल्न नदिने बताइरहेका उनी र खुलाउन चाहने स्थानीयबीच  विवाद भएपछि सोनल नाकाबाट फर्किएका हुन् ।

सोनलसँगै मितेरी पुलमा पुगेका उनका कार्यकर्ता टायर बाल्ने प्रयासमा रहे पनि स्थानीयले रोकेकाथिए ।

सुरेश विडारी र जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>