Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन हुँदै - Himalkhabar.com

समाचारशुक्रबार, माघ २२, २०७२

कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन हुँदै

हिमालखबर

congressIनेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनको तयारीका लागि आज क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ ।

कांग्रेसले हाल कायम २४० निर्वाचन क्षेत्रअनुसार नै आज, २२ माघमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको चयन गर्दैछ ।

आज हुने अधिवेशनले यसबाहेक महाधिवशेन प्रतिनिधिमध्येबाट महासमिति सदस्य र क्षेत्रस्तरबाट जिल्ला कार्यसमितिमा चयन हुने जिल्ला सदस्यको पनि निर्वाचन गर्नेछ ।

बारा र एक निर्वाचन क्षेत्र भएका जिल्ला बाहेक जिल्लाका करिब २२० निर्वाचन क्षेत्रमा क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी लगभग २० निर्वाचन क्षेत्रमा भने २५ माघमा निर्वाचन हुनेछ ।

एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुन्छ ।

आजको निर्वाचनमा सम्बन्धित क्षेत्रका नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा गाउँ कार्य समिति, नगर वडा र नगर कार्यसमितिका सभापति, सो क्षेत्रका सांसद एवम् संविधानसभाको पछिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट पार्टीको उम्मेदवार भएको व्यक्ति, सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यले भाग लिँदैछन् ।

१५ माघमा गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको काँग्रेसले जिल्ला अधिवेशन भने २५ माघमा गर्ने तालिका सार्वजनिक गरेको छ ।

१३ औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

पार्टीको विधानअनुसार क्षेत्रीय अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट एक सभापति, एक सचिव र एक कोषाध्यक्ष तथा नौ सदस्य निर्वाचित हुनेछन् ।

त्यस्तै क्षेत्रीय अधिवेशनले आफ्ना सदस्य मध्येबाट महाधिवेशनका लागि कम्तीमा दुई महिला, एक दलित, एक
आदिवासी/जनजाति, एक मधेसी वा मुस्लिम वा अल्पसङ्ख्यकसहित ११ जना प्रतिनिधिको चयन गर्नेछ । क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुन्छ ।

क्षेत्रीय अधिवेशनका सदस्यले महाधिवेशन प्रतिनिधिमध्येबाट महासमितिका लागि कम्तीमा एक महिलासहित पाँचजना सदस्यको निर्वाचन पनि गर्ने पार्टीको विधानमा व्यवस्था छ ।

यो अधिवेशनमा क्षेत्रीय अधिवेशनका सदस्यले आफूमध्येबाट महिला, दलित, आदिवासी÷जनजाति, मधेसी वा मुस्लिम वा अल्पसङ्ख्यकसहित जिल्ला कार्यसमितिका सदस्य पनि निर्वाचित हुन्छन ।

आज हुने क्षेत्रमा निर्वाचनको प्रक्रिया सुरु भई अधिकांशको परिमाण आजै आउने जनाइए पनि केही क्षेत्रमा भोलिसम्म प्रक्रिया लम्बिन सक्ने निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए ।

महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय कार्यसमितिको चयन गर्ने भएकाले आजको निर्वाचनलाई कांग्रेसमा ठूलो महत्वका साथ हेरिएको छ ।

काठमाडौँमा चुनावी रन्को

मुलुकको सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौँका १० निर्वाचन क्षेत्रमा काँग्रेसको क्षेत्रीय अधिवेशन धूमधामका साथ हुँदैछ ।

सबै क्षेत्रमा उत्साहका साथ निर्वाचन भइरहेको काठमाडौँका प्रमुख अधिकृत श्यामराज ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँको निर्वाचन क्षेत्र नं– १ को बबरमहल, २ को थली, ३ को नयाँपाटी, ४ को वनकाली, ५ को नेपाल महिला सङ्घको केन्द्रीय कार्यालय, ६ को गोङ्गबु, ७ को वनस्थली, ८ को भीमसेनस्थान, ९ को कलङकी र १० को न गाउँ कीर्तिपुरमा निर्वाचन भइरहेको उनले बताए ।

काठमाडौँमा आज १० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले १२० जना महाधिवशेन प्रतिनिधि, महाधिवेन प्रतिनिधिमध्येबाट ६० जना महासमिति सदस्य तथा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका सदस्यको निर्वाचन हुनेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>