Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अख्तियार आयुक्त बरालको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन - Himalkhabar.com

समाचारशुक्रबार, माघ २२, २०७२

अख्तियार आयुक्त बरालको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

हिमालखबर

आफूले सपथ ग्रहण गरेको मितिदेखि पदावधि गणना गर्नुपर्ने मागसहित सर्वोच्च गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

२२ माघको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने जनाएको गरेको हो ।

६ माघ २०६६ मा आयुक्तमा नियुक्त भएका उनले आयोगमा प्रमुख आयुक्त नभएका कारण तत्काल सपथ ग्रहण गर्न पाएका थिएनन् । लोकमान सिंह कार्की प्रमुख आयुक्त भएपछि २५ पुस २०७० मा मात्रै उनको सपथ भएको थियो ।

आयुक्त बरालले सपथ नभएकाले आफूले काम गर्न नपाएको र सपथ भएका मितिदेखि लागू हुने गरी पदावधि कायम गरिपाउँ भन्दै २९ पुस २०७२ मा सर्वोच्च गुहारेका थिए ।

संविधानमा अख्तियार आयुक्तको पदावधि ६ वर्षको हुने उल्लेख छ । उनी नियुक्त भएको मितिदेखि पदावधि गणना गर्दा गत ६ माघमै उनको कार्यकाल सकिन्थ्यो । तर सपथको मितिदेखि गणना गर्दा अझ तीन वर्ष उनले आयुक्तको रुपमा काम गर्न पाउँथे ।

यस अघि ५ माघमा न्यायाधीशद्वय सुशीला कार्की र देवेन्द्र गोपाल श्रेष्ठको इजलासले उनको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशमा पदावधिबारे केही उल्लेख नभएपछि उनी कार्यालय गएका छैनन् ।  अख्तियारले २१ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आफ्नो वार्षिक प्रतिवेदनमा बरालबाहेकका ६ आयुक्त (प्रमुख आयुक्तसहित) को मात्र नामावली उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>