समाचारशुक्रबार, माघ २२, २०७२
नेपाल बांग्लादेशद्वारा ६ विकेटले पराजित
बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा बांग्लादेशले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।
बांग्लादेशको मिरपुरस्थित शेरे बांग्लादेश रांगशालामा जारी क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।
नेपालले दिएको लक्ष्य बांग्लादेशमा ४ विकेटको क्षतिमा ४८.३ ओभरमा २१५ रन बनाएर पूरा गर्यो ।
नेपालका तर्फबाट सुनिल धमलाले दुई विकेट, सन्दिप लामिछानेले १ विकेट लिए ।
यसअघि नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ७२ रन बनाए । उनले ८० बल खर्चेर ८ चौका र १ छक्का सहित ७२ रन बनाएका हुन् ।
त्यसैगरी सुनिल धमला ६२ बलमा २५, दीपेन्द्रसिंह ऐरी ४५ बलमा २२ रन, आरिफ शेखले ३२ बलमा २१, कुशल भूर्तेलले १७ बलमा १४ रन, राजवीर सिंह २२ बलमा ९ रन, सन्दिप सुनार १२ बलमा ७ रन, सुशील कँडेल ४ बलमा २ रन, योगेन्द्र सिं कार्की २ बलमा १ रन बनाए । प्रेम तामाङ २४ बलमा २२ रन बनाएर नट आउट रहे ।
नेपाली टोलीका चार ब्याट्सम्यान कप्तान रिजाल, सुनिल धमला, कुशल भूर्तेल र सुशील कडेल रन आउट भएका हुन् ।
यो हारसँगै नेपाल जारी प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
