Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आफूले बोलेका कुरा प्रति जवाफदेही छुः प्रम ओली - Himalkhabar.com

समाचारशुक्रबार, माघ २२, २०७२

आफूले बोलेका कुरा प्रति जवाफदेही छुः प्रम ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेको दिन प्रश्न सोध्ने ठाउँ नहुने गरी काम गरिने दाबी गरेका छन् ।

pm_oliप्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले सरकार छाडेको दिन के काम गर्नुभयो भनी प्रश्न सोध्ने ठाउँ नहुने भन्दै आफ्नो उद्देश्य काम गर्ने मात्र भएको बताए ।

“अहिले प्राविधरकण बनेर पुनःनिर्माणको महाअभियान सुरु गरिसकेका छौं, फागुन १२ देखि अभियान शुरु गरी चैत १२ मा केही र वैशाख १२ गतेदेखि पाँचवर्षीय पुरातात्विक सम्पदाको निर्माण अघि बढ्छौं”प्रधानमन्त्रीले भने ।

काठमाडौँमा मेट्रो रेल र विद्युतीय बस चलाउने, एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने र दुई वर्षभित्र देशलाई आत्मनिर्भर बनाउने योजना अघि सार्नुलाई उखानटुक्काका रुपमा नलिन उनले आग्रह गरे ।

आफूले बोलेका कुराप्रति आफू जवाफदेही भएको बताउँदै ओलीले थपे,“अहिले मात्र हैन, १०÷२० वर्षअघि भनेको कुराको पनि म जवाफदेहिता र जिम्मेवारी लिन तयार छु ।”

प्रधानमन्त्री ओलीले संविधान बनेर मात्र हैन, विकास निर्माण, राष्ट्रियता, आत्मनिर्भरता, वैदेशिक सम्बन्ध, राष्ट्रिय सार्वभौमसत्ताको जोगाउने सम्बन्धमा देश नयाँ चरणमा प्रवेश गरेको दाबी गरे ।

उनले आन्दोलनरत दलहरु प्रति संकेत गर्दै भने, “संवैधानिक तरिकाले बनाएको संविधानमा दुई÷चार जनाले जिद्दी गर्दैमा सबैले स्वीकार गर्नुपर्ने, ९० प्रतिशतले भनेको नहुने तर दुई÷चार जनाले भनेको मान्नुपर्ने, लोकतन्त्रमा यस्तो कहीँ पनि हुँदैन ।”

उनले आफू छिट्टै भारत र चीन भ्रमणमा जान लागेको र भ्रमणको खास अर्थ हुनेमा ढुक्क हुन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>