समाचारशुक्रबार, माघ २२, २०७२
पूर्वमन्त्री चटौत महाधिवेशन प्रतिनिधिमा पराजित
पूर्वमन्त्री तारिणीदत्त चटौत नेपाली कांग्रेसको महावेशन प्रतिनीधिमा पराजित भएका छन् ।
कञ्चनपुर–४, बाट उम्मेद्वार बनेका पूर्वमन्त्री चटौत पराजित भएका हुन् । १२४ मध्ये उनले ३० मत मात्रै प्राप्त गरे । अर्का पूर्वमन्त्री रमेश लेखक भने सवै भन्दा बढी मत ल्याएर छनौट भएका छन् । लेखकले १०५ मत प्राप्त गरेका थिए ।
वीरबहादुर सुनार (८६), यज्ञराज जोशी (७४), खगेश्वर बोहरा (६५), कृष्णदत्त पनेरु (४५) र दुर्गा प्रसाद जोशी (३४) मत ल्याएर विजयी भए । यस्तै, महिलाबाट मधु भारती (७९) र सुनिता भाट (६१) विजयी भए ।
अपाङ्गता भएकाहरुबाट दिवाकर पाण्डेय, जनजातिबाट वेलबहादुर राना र दलितबाट रमेश दयाल महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । अन्य क्षेत्रमा मत गणना जारी छ ।
–बच्चु विक, महेन्द्रनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
