समाचारशुक्रबार, माघ २२, २०७२

भूकम्प जाँदा भाग्ने क्रममा १० जना भारतीय घाइते

हिमालखबर

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महशुस भएपछि भाग्ने क्रममा काठमाडौंको अनामनगरमा १० जना भारतीय घाइते भएका छन् ।

पुल बनाउने कामदार बसेको घरको सिसा फुटेर उनीहरु घाइते भएका हुन् । १४ जना मध्ये १० जना घाइते भएका छन् ।

उनीहरुलाई पुरानो सिनामंगलस्थित मदरल्याण्ड अस्पताल लगिएको छ । अस्पतालका डा.नरेश कार्कीका अनुसार उनीहरुको अवस्था सामान्य छ । २२ माघ राति १०ः०५ बजे सिन्धुपाल्चोक केन्द्र बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>