थप समाचारशनिबार, माघ २३, २०७२

धनुषाका कांग्रेस नेता यादवको हत्या

हिमालखबर

धनुषाको बालबाखरमा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली हानी हत्या भएको छ ।

बालाबाखर–४ का ५० वर्षीय यादवको छाती र पेटमा एक एक गोली लागेको अवस्थामा घर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नातिनीको विवाह कार्यक्रममा सहभागी भई फर्किने क्रममा गए राति साढे ९ बजे घटना भएको स्थानीयको भनाई छ ।

यादवको शव अञ्चल अस्पताल जनकपुरमा राखिएको छ ।

नेपाली कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा भएको घटनाबारे विभिन्न दृष्टिकोणबाट अनुसन्धान भईरहेको घटनास्थल पुगेका प्रहरी उपरीक्षक रामहरि जोशीले बताए ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>