समाचारशनिबार, माघ २३, २०७२

नाका बन्द गराउन पुगेका मोर्चाका नेतालाई भारतीयले लखेटे

हिमालखबर

१३५ दिनपछि खुलेको वीरगञ्ज–रक्सौल नाका बन्द गराउन पुगेका मधेशी मोर्चाका नेता–कार्यकर्तालाई भारतीय व्यापारीले प्रतिकार गरेपछि नाका सुचारु नै छ ।

संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदीप यादवको नेतृत्वमा नाका बन्द गराउन पुगेको समूहलाई भारतीय व्यापारी र रक्सौलका स्थानीयको समूहले प्रतिकार गरेपछि उनीहरु त्यहाँबाट फर्किएका छन् ।

दुवैपक्षबीच केही बेर ढुंगा हानाहान समेत भएको थियो ।

नाका बन्द गराउनेहरुको समूहलाई वीरगञ्ज भन्सार कार्यालय नजिक प्रहरीले रोके पनि उनीहरु सहायक सडक हुँदै रक्सौल पुगी त्यताबाट नाकामा आएका थिए ।

त्यसक्रममा फोरम नेता यादवमाथि भारतीय व्यापारीले हात हालेपछि केही बेर दुवैपक्षबीच घम्साघम्सी भए पनि ठूलो घटना हुन पाएन ।

अहिले नाका सुचारु छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>