थप समाचारआइतबार, माघ २४, २०७२

स्थिर सरकार नहुँदा गरिबी बढ्यो: उपप्रम केसी

हिमालखबर

उपप्रधानमन्त्री चित्रबहादुर केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या बढाएको बताएका छन् ।

Chitra-b-KC1चितवनमा पत्रकारसँग कुरा गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका केसीले देशमा २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकामा अहिले यो सङ्ख्या बढेर गएको बताए । कति बढ्यो यकिन नभए पनि देशभर यसको प्रभाव रहेको भन्दै उनले पहाड भूकम्पले र तराई नाकाबन्दीले प्रभावित बनाएको बताए ।

सरकारले २५ जिल्लामा गरिब परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिँदै केसीले उनीहरुलाई यसै वर्षभित्र र आउँदो वर्ष बाँकी ५० जिल्लामा लगत सङ्कलन गरी परिचयपत्र वितरण गरिने जानकारी दिए ।

परिचयपत्र पाएकालाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा सरकारले सहुलियत र प्राथमिकता दिइने उल्लेख गर्दै उनले जसरी आरक्षणमा परेकाहरुले सुविधा पाएका छन् त्यसैगरी गरिबले पनि सुविधा पाउने दाबी गरे ।

स्थायी सरकारको अभावमा गरिबीको सङ्ख्या घट्न नसकेको बताउँदै उपप्रधानमन्त्री केसीले एउटै सरकार चारपाँच वर्ष रहे गरिबीको सङ्ख्या विस्तारै घटेर जाने विश्वास व्यक्त गरे । “संविधान बनेसँगै ऐन नियम गरिबको पक्षमा छन्, अब स्थायी सरकार भया ेभने नेपाली धेरै वर्ष गरिबीको रेखामुनि बस्नु पर्दैन”, उपप्रधानमन्त्रीले भने ।

उनले अगाडि भने, “प्रधानमन्त्री भारत जानुअघि सर्वदलीय बैठक हुन्छ भन्नुभएको छ, देशलाई असर पर्ने कुनै सन्धि, सम्झौता प्रधानमन्त्रीले गर्नुहुन्न ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>