समाचारआइतबार, माघ २४, २०७२

गैँडा संरक्षण: तेस्रो शून्य चोरी सिकार वर्ष

हिमालखबर

सन् २०१५ मा कुनै पनि गैँडा चोरी शिकारबाट नमारिएको खुशियालीमा आज चितवनमा ‘शून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ ।

rhino-nepal-890x395_cयसअघि सन् २०११ र २०१३ मा सून्य चोरी शिकार वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो ।

नेपालमा प्रहरी, सेना, स्थानीयवासी र संरक्षणकर्मीको संयुक्त सहभागितामा संरक्षण भइरहेको छ । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी कार्यसम्पादन भएकाले संरक्षण सफल भएको चितवन निकुञ्जको निष्कर्ष छ ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थान छ । सन् १९५० को दशकमा ८०० को सङ्ख्यामा रहेको अनुमान गरिएको गैँडा विसं २०२४/२५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो ।

हालैको गैँडा गणनाबाट नेपालमा ६४५ र चितवन निकुञ्जमा मात्रै गैँडाको सङ्ख्या ६०५ रहेको तथ्याङ्क छ । चोरी शिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी शिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन कार्य गरिएको निकुञ्जले जनाएको छ ।

यस्तै कुकुरको प्रयोगसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरेर गस्ती हुने गरेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
यसैबीच आज शून्य चोरी शिकार वर्ष मनाउने कार्यक्रममा संरक्षणमा सक्रिय भएका आठ संस्था र १३ संरक्षणकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>