समाचारआइतबार, माघ २४, २०७२

ओलीले एक्लौटी सरकार चलाएको माधव नेपालको आरोप

हिमालखबर

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी रुपमा सरकार चलाएको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल, पाल्पा शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनको विषयमा कुनै सरसल्लाह, छलफल नगरेको बताए ।

उनले भने, “पार्टीमा सरकार सञ्चालनको अनुभव भएका व्यक्तिहरु प्रशस्त छन्, पार्टीभित्र छलफल होस्, पार्टी अध्यक्षले समय समयमा सुझाव सल्लाह लिनुहोस् भन्ने अपेक्षा आफूहरुको हो ।”

उनले संघीय संरचनाको विषयमा अहिले भएको सात प्रदेशलाई चलाउन नहुने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>