समाचारसोमबार, माघ २५, २०७२

कांग्रेसको जिल्ला अधिवेशन हुँदै

हिमालखबर

१३औं महाधिवेशनको सम्मुखमा उभिएको नेपाली कांग्रेसले आज देशभर जिल्ला अधिवेशन गर्दैछ ।

निर्वाचन समितिका अनुसार मधेशका केही जिल्ला बाहेक सवै जिल्लाको अधिवेशन भइरहेको छ । एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्लाहरुमा महाधिवेशन प्रतिनिधि छनाेट पनि आजै हुँदैछ ।

१५ माघमा वडा, गाउँ, नगर र २२ माघमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको कांग्रेसले आगामी २०–२३ फागुनमा महाधिवेशन गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>