Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशी नेता पहाड उक्ल - Himalkhabar.com

अन्तर्वार्ता/विचारसोमबार, माघ २५, २०७२

मधेशी नेता पहाड उक्ल

रघु पन्त

राजेन्द्र महतो, महेन्द्र राय यादव, उपेन्द्र यादवलगायतका मधेशी नेतालाई लहरै राखेर लालु यादवले हेडमास्टरले क्लास लिइरहेझैं गरेको तस्वीरले सम्पूर्ण नेपाली र विषेशगरी तराईका जनताको स्वाभिमानमा ठेस लगाएको छ ।

raghupantaआफ्नो माटो, जनता र स्वाभिमान बिर्सिएर विदेशीको दैलो–दैलो चहार्दै सहयोगको भीख माग्नेहरूले देशको स्वतन्त्रता जोगाउन सक्दैन । कुनै पनि देशको निर्णायक शक्ति, लोकतन्त्रको चालक शक्ति र केन्द्रविन्दु पनि जनता नै हुन् । कुनै पनि परिवर्तनको निर्णायक पनि जनता नै हुन् । तर, नेपालका मधेशी नेताहरूले यो सत्यलाई मनन गरेको देखिएन ।

उनीहरूको याचनापछि बिहारी नेताहरूले दिएको अभिव्यक्तिविरुद्ध नेपालको परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ, तर यस्तो आपत्ति र विरोध आम जनताबाट समेत हुनु जरुरी छ । यस विषयमा देशका केही दैनिक अखबारले सम्पादकीय लेखेर यसरी हस्तक्षेपका लागि विदेशी गुहार्ने मधेशी नेता र हस्तक्षेपकारी अभिव्यक्ति दिने विदेशीको आलोचना गरेका छन् । नेपाल सरकारलाई दबाब दिन दिल्ली, पटना र लखनउ धाएर आफ्नो देशको स्वाभिमान गिराउने यो निर्लज्ज चरित्रको विरोध तराई भूमिमैं हुनु आवश्यक छ ।

सोच उपेन्द्र
तराईमा भइरहेको आन्दोलनले तराईकै सर्वसाधारण बढी आक्रान्त छन् । उनीहरूको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ । त्योभन्दा पनि दुःखदायी कुरो मधेशी मोर्चाका नेताले तराईका जनताको देशभक्ति र स्वाभिमानमाथि प्रश्न उठ्नेगरी देशविरोधी गतिविधि गर्न थालेका छन् । त्यसको आलोचना र विरोध अव मधेशकै जनताले गर्नुपर्छ ।

राजेन्द्र महतो र महेन्द्र राय यादवमा नेपालीमा हुनुपर्ने स्वाभिमान तथा देशभक्तिको भावना न सांसद हुँदा देखिन्थ्यो न मन्त्री हुँदा । तर, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेका उपेन्द्र यादवमा तुलनात्मक रूपमा राजनीतिक चरित्र र नेपाली मनोभावना बढी देखिन्थ्यो ।

उनको पार्टीमा थोरै भए पनि केही गैर–मधेशी समुदाय पनि छन् । राजनीतिक क्षमतामा पनि उनी संयुक्त मधेशी मोर्चाका अन्य नेताभन्दा अगाडि छन् । तर, लालु यादवको अघिल्तिर नूर गिराएर हाँसेका नेपालका पूर्व उपप्रधानमन्त्रीको तस्वीर हेर्दा धेरै नेपालीको मन पोलेको छ । हामीलाई विदेशीले किन हेप्छन् भन्दा आखिर कारण त यस्तै व्यवहार हुन्छन् ।

नेपालको विगतका आन्दोलनमा राजनीतिक दलले वाह्य नैतिक समर्थन चाहेका थिए, तर त्यो भारतसँग मात्र नभई पूरै विश्व समुदायसँग थियो । कांग्रेस र कम्युनिष्टले कहिल्यै आन्तरिक रूपमा हस्तक्षेप गर्ने वाह्य शक्तिको चाहना स्वीकारेनन् ।

माओवादी उग्रवाद र राजा ज्ञानेन्द्रको दुर्बुद्धिले नेपालको राजनीतिमा वाह्य हस्तक्षेप घुस्न पायो । अहिले भारतको बढ्दो हस्तक्षेप र नाकाबन्दी नेपाली जनताको लागि असह्य भइसकेको छ । मधेशी मोर्चाका नेताहरू भने हस्तक्षेप बढाउन मरिमेटेर लागेका छन् । उनीहरूको यो विनाशकारी प्रवृत्तिविरुद्ध अव तराईमा कडा विरोध हुनुपर्छ ।

महन्थ ठाकुर वृद्ध भइसके । सीमांकनसम्बन्धी आफ्नो माग जायज लाग्छ भने उपेन्द्र यादवले सुनसरीका जनताको चित्त बुझउन सक्नुपर्छ । राजेन्द्र महतो र महेन्द्र राय यादवहरू त भारतीय दूतावासका कर्मचारीले जे भन्छन्, त्यही गर्छन् । यीभन्दा अलि फरक हुन सक्छन्, उपेन्द्र यादव ।

तराईको राजनीतिलाई पहाडसँग जोडेर राष्ट्रियस्तरको नेता हुने भए उपेन्द्र यादवले संकीर्ण चिन्तन र साँघुरो घेराबाट बाहिरिनुपर्छ । उनले दिल्ली, लखनउ वा पटना धाउन बन्द गरेर पहाड र काठमाडौंसँग संवाद गर्नुपर्छ । उनको सीमांकनको माग उनकै जिल्लाका मधेशी जनता र कार्यकर्तालाई स्वीकार्य छैन भने अरुले कसरी मान्छन् ?

तराई–मधेशलाई हेपियो भनेर देश–विदेशमा कराउँदै हिंड्ने मधेशका नेताले पहाडका जनताको दुःख बुझने, देख्ने प्रयत्न गरेका छैनन् । बाटो, बिजुली, खानेपानी, स्कूललगायतका आधारभूत सुविधाबाट वञ्चित लाखौं पहाडवासी भन्दा स्रोत, साधन र सुविधामा अगाडि तराईका जनता भोकै, नांगै बस्नुपर्ने अवस्था रहिरहनुमा को जिम्मेवार छ ? राज्यले दिएका सुविधा र बजेटको सदुपयोग गर्न कसले रोकिरहेछ ? यी प्रश्न तराई–मधेशका जनताले गर्नुपर्छ र जवाफ पटक–पटक सत्तामा बसेर अहिले आन्दोलन गर्ने नेताले दिनुपर्छ ।

किन मौन मधेश ?
मधेशी मोर्चाका नेताले काठमाडौंसहित देशका विभिन्न भागमा सभा र पत्रकार सम्मेलन गरिसके । कहीं पनि हस्तक्षेप भएन र हुनु पनि हुँदैन । तराईमा पूर्खौंदेखि बस्दैआएका यादव, मिश्र, झ, मुसहर, झँगड, धिमाल, राजवंशीलगायत सबैको साझ हो मधेश र सिंगो नेपाल ।

जसरी उपेन्द्र यादवलाई काठमाडौंमा सभा–सम्मेलन गर्ने अधिकार छ, त्यसरी नै अरु कसैलाई पनि रंगेली, धनुषा वा वीरगञ्जमा सभा–आमसभा गर्ने अधिकार छ । हरेक राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यम यो अधिकारको रक्षाको लागि प्रतिवद्ध हुनैपर्छ ।

रंगेलीमा युवासंघद्वारा आयोजित सभामा आक्रमण प्रयास हुँदा पनि सबै दल र नागरिक समाजबाट विरोध हुनुपथ्र्यो । भर्खरै जनकपुरमा लीला कोइराला, आनन्द ढुंगाना र विमलेन्द्र निधिलगायतका सांसदका घरमा मधेशी मोर्चाका कार्यकर्ताद्वारा आगजनी र नेपाली कांग्रेसको विभिन्न गाउँ, नगर र क्षेत्रीय सम्मेलनमा हस्तक्षेप हुँदा एमालेलगायत सबै राजनीतिक दलले प्रखर रूपमा विरोध गर्नुपथ्र्यो ।

तराई केही दलविशेषको बिर्ता होइन । कुनै एक भाषा–भाषी र समुदायका मानिसको मात्र तराई होइन । तराईमा नेपालका १२५ जातजातिका मानिस छन् । केहीको संख्या थोरै होला, केहीको धेरै, तर ती सबैको साझ भूमि हो तराई र सिंगै नेपाल । तर, तराईमा अहिले लाठी–मुंग्रीको राज स्थापित गर्न खोजिएको छ । आफ्नो पार्टी महाधिवेशनको लागि होस् या अन्य सन्दर्भमा, नेपाली कांग्रेसलाई तराईका प्रत्येक गाउँमा कार्यक्रम गर्ने अधिकार छ ।

यो संविधानप्रदत्त अधिकार हो । यो अधिकार एमाले, एमाओवादी र सबैलाई छ । उनीहरू आ–आफ्नो कार्यक्रम लिएर छिटोभन्दा छिटो तराईमा जानुपर्छ । अझ् एमाले, कांग्रेस र एमाओवादीले त संविधानबारे प्रष्ट पार्न संयुक्त आमसभा गर्नुपर्छ ।

अहिले जनकपुर, राजविराजलगायत ठाउँमा कांग्रेसले बढाएको गतिविधिलाई सबै दलले साथ दिनुपर्छ । बहुदलीय व्यवस्थामा राजनीतिक दलबीच प्रतिस्पर्धा हुन्छ, तर लोकतन्त्रका आधारभूत मान्यतामाथि नै आक्रमण हुन थालेको बेलामा लोकतन्त्रमा विश्वास गर्ने सबै दल आक्रमणविरुद्ध एकतावद्ध हुनैपर्छ ।

अहिले तराईका जनताको लोकतान्त्रिक अधिकारमाथि संयुक्त मधेशी मोर्चाले हस्तक्षेप गरेको छ । सांसदहरूलाई आउन नदिने वा तराईमा कार्यक्रम गर्न नदिने भन्ने घोषणाको विरोध सवभन्दा पहिले तराईकै नागरिक समाज र सञ्चारमाध्यमले गर्नुपथ्र्यो, तर मौन रहे ।

अरुलाई मात्र निषेध ?
आफ्नो महाधिवेशनको सन्दर्भमा अहिले नेपाली कांग्रेसले गरिरहेको गाउँ, नगर, क्षेत्रको सम्मेलन र प्रतिनिधिको निर्वाचन देशमा भइरहेको एउटा लोकतान्त्रिक राजनीतिक अभ्यास हो । लोकतन्त्रलाई गाउँगाउँसम्म पु¥याउने र जनतालाई सचेत–संगठित पार्ने यो प्रक्रियामाथि जुनसुकै समूहबाट आक्रमण भए पनि सबै मिलेर सामना गर्नुपर्छ र राजनीतिक गतिविधि अघि बढाउनुपर्छ ।

मधेशी मोर्चाका नेताले आफूले जे गरे पनि हुने र अरुले चाहिं आफ्नो कुरासमेत राख्न नपाउने भन्ने अलोकतान्त्रिक व्यवहार देखाएका छन् । यो तराईमा व्याप्त सामन्ती चिन्तनको अभिव्यक्ति हो । तराईमा व्याप्त सामन्तवादलाई परास्त गर्न र लोकतन्त्रलाई बलियो बनाउन तराईकै जनता जाग्नुपर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>