समाचारसोमबार, माघ २५, २०७२

राजेन्द्र महतोलाई मोर्चाले कार्बाही गर्ने

हिमालखबर

xrajendra-mahto.jpg.pagespeed.ic.CJR8Hlc_2jसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कार्बाही गर्ने भएको छ ।

आन्दोलनलाई कमजोर बनाउने र गैरजिम्मेवार अभिव्यक्ति दिएकाले उनीमाथि कार्बाही गरिन लागेको एक नेताले बताए । उनका अनुसार आधिकारिक निर्णय बिना नै रक्सौल नाका खुलाउने कार्यमा महतो लागेकाले कार्बाही गर्ने तयारी भइरहेको छ ।

११ माघमा विराटनगर पुगेर नाका खुलाउने अभिव्यक्ति दिएका थिए । उनकै कारण आन्दोलन कमजोर बनेकाले मोर्चाबाट कार्बाही गरिने तयारी भएको जनाइएको छ ।

३० साउनदेखि संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीले संयुक्त मोर्चा बनाएर मधेशमा आन्दोलन गर्दै आएको थियो ।

तर, मोर्चाको निर्णय बिना नै नाका खुल्नुमा महतो जिम्मेवार भएकाले कार्बाही गरिन लागेको मोर्चा घटकका अन्य नेताहरुले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>