समाचारसोमबार, माघ २५, २०७२
६ महीनापछि सप्तरीमा राजमार्ग खुल्यो
मधेशी मोर्चाको आन्दोलनका कारण अवरुद्ध सप्तरीका यातायात झण्डै ६ महीनापछि सञ्चालनमा आएको छ ।
२५ माघ बिहानदेखि स्थानीय सवारीसाधन समेत सञ्चालनमा आएको हो । यसअघि, रात्रीबस सञ्चालन हुँदै आएको राजविराजबाट छोटो र लामो सवारी कुद्न थालेका छन् ।
राजविराजदेखि विराटनगर, धरान, काँकडभिट्टा, लहान, सिरहासहितका ठाउँका लागि सार्वजनिक सवारीका साधन चलेको छ । सवारीसाधन चल्न थालेपछि यात्रुहरुको चाप बढेको छ । महीनौंदेखि सवारीसाधनमा आवतजावत गर्न नसकेकाहरु खुशी देखिएका छन् ।
सवारीसाधन सञ्चालनमा आउँदा आन्दोलनरत मधेशी मोर्चाले कुनै प्रतिकृया जनाएको छैन् । यातायात व्यवसायीहरुले लामो समयसम्म यातायात बन्द हुँदा आफूहरुको ढाड सेक्ने काम भएको भन्दै आफैं यातायात सञ्चालनमा ल्याएका छन् । बस, माइक्रोका साथै सबै प्रकारका सबारी चल्न थालेको छ ।
यातायात सञ्चालनमा आएसँगै राजविराजमा चहलपहल बढेको छ । २५ माघमा बिभिन्न किसिमका सामानहरु मालबाहक ट्रकमार्फत राजविराज भित्रिएका छन् ।
यद्यपी जिल्लामा सरकारी कार्यालयहरु सञ्चालनमा आउन सकेको छैन् । कार्यालय सञ्चालनमा नआउँदा सप्तरीका सेवाग्राहीहरु समस्यामा परेका छन् । जिल्लामा गत ३२ साउनदेखि सवारीसाधन संचालन बन्द रहेको थियो ।
-श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
