थप समाचारसोमबार, माघ २५, २०७२

देशभर वर्षा, मङ्गलबारदेखि मौसममा सुधार आउने

हिमालखबर

Rss_Images_1454908023438_RoS-Ktm, Rainy Day (2)पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसँगै देशभर वर्षा भएको छ ।

काठमाडौँ उपत्यकासहित देशभर गए रातिदेखि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी डडेल्धुरामा २५ मिलिमिटर र ताप्लेजुङमा फाटफुट वर्षा भएको छ । राजधानी काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ ।

मौसम बदली र वर्षासँगै उपत्यकामा बिहानीपख बढी चिसो महसुस भएको थियो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ ।
पश्चिमी वायुको प्रभावले मौसम बदली भई देशभर वर्षा भएको र अहिले मौसममा क्रमिक सुधार आएको मौसमविद् सुजन सुवेदीले बताए ।

उनले भने, “मध्य र पूर्वी भेगमा बदली छ । मध्यमा साँझ र पूर्वी भेगमा भोलि मङ्गलबारदेखि मौसम सुधार आउनेछ ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>