समाचारसोमबार, माघ २५, २०७२

सिन्धुपाल्चोकमा न्यानो राहत (तस्वीरहरु)

हिमालखबर

तस्वीरहरुः गोपेन राई

तस्वीरहरुः गोपेन राई

एक महिनाअघिको हिमाल खबरपत्रिकामा हिउँदे ठिहीमा तपतप शीत चुहिने टहरामा बाँचिरहेका भूकम्पपीडितबारे समाचार प्रकाशितभएपछि सिन्धुपलाञ्चोक, कालिका–३, कल्लेरीका पीडितहरूलाई २४ माघमा न्यानो लुगा वितरण गरिएको छ ।

12714424_10153958855779048_1229289413_n

राहत पाएपछि १९–२५ पुस २०७२ को हिमाल खबरपत्रिकाको आवरणमा तस्वीर प्रकाशित भएकी पीडित सानी माझीले खुशी व्यक्त गरिन् ।

यसअघि १० माघमा रसुवा, लहरेपौवामा बसिरहेका हाकू–८ का ९५ घर पीडितलाई न्यानो लुगा वितरण गरिएको थियो । हिमालमा प्रकाशित स्थलगत आवरण रिपोर्टमा भूकम्पबाट अति प्रभावित पाँच जिल्लाका शिविरमा बसिरहेका पीडितबारे उल्लेख गरिएको थियो ।

समाचार प्रकाशित भएपछि हिमालको कार्यालयमा धेरै व्यक्ति र संस्थाले न्यानो कपडा, ब्ल्याङकेट सहयोग गर्न सम्पर्क गरेका थिए । कतिपयलाई पत्रिकामा प्रकाशित भएको पीडितको जानकारीसहित पुग्ने ठाउँबारे जानकारी गराइएको थियो । तीमध्ये रसुवा, सिन्धुपाल्चोक र बाराको गढीमाईस्थित नितिनपुर टोलका पासवान बस्तीका २० परिवारलाई ब्ल्याङकेट र न्यानो लुगा बाँडिएको थियो ।

सिन्धुपलाञ्चोकको कालिकामा २४ माघमा स्थानीय माझी र दलित गरी ७५ घरपरिवारलाई ब्ल्याङकेट र २०० जतिलाई पुग्ने जाडोको लुगा उपलब्ध गराएइको थियो । यसबाहेक ६० बालबालिका र वृद्ध–वृद्धालाई जुत्ता–चप्पल तथा कापी–कलम र अत्यावश्यक अाैषधिहरु पनि वितरण गरिएको थियो ।

वितरण गरिएको राहत अमेरिकाको बाल्टीमोर निवासी उमा रानाभाट, नेवार समाज हङकङबाट जुटेको थियो । १० माघमा रसुवामा वितरण गरेर बाँकी रहेको मुगाधन कृष्णकुमारी प्रतिष्ठान, दमकबाट उपलब्ध न्यानो लुगासमेत सोही दिन कल्लेरी गाउँमा वितरण गरिएको थियो ।

राहत पाएपछि १९–२५ पुस २०७२ को हिमाल खबरपत्रिकाको आवरणमा तस्वीर प्रकाशित भएकी पीडित सानी माझीले खुशी व्यक्त गरिन् । उनका श्रीमान् सनमान माझीको चिसोले कठ्यांग्रिएर पुसको पहिलो साता मृत्यु भएको थियो । पीडितहरूसम्म न्यानो पुर्‍याउन हिमालकर्मी डम्बरकृष्ण श्रेष्ठ, सन्त गाह मगर र विक्रम राईले समन्वय गरेका थिए ।

_MG_6844

स्वयम्‌सेवकहरु नाेनी जाेशी, मिरुना मगर र रबी घिसिङ (बायाँबाट) बालबालिकालाई स्टेशनरी र चप्पल वितरण गर्दै ।

_MG_6831
_MG_6855

_MG_7340
_MG_6861
_MG_7284

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>