समाचारसोमबार, माघ २५, २०७२

सुत्केरी सेवा लिनेको संख्यामा कमी

हिमालखबर

अघिल्लो वर्षको तुलनामा यो वर्ष अस्पतालबाट सुत्केरी सेवा लिनेको संख्यामा कमी आएको छ ।

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा २०७१ असोजदेखि पुससम्म ६ हजार ७०५ जना महिलाले सुत्केरी सेवा लिएकोमा २०७२ असोजदेखि पुसम्म ६ हजार २१७ ले मात्रै सेवा लिएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष सुत्केरी सेवा लिनेको संख्यामा ४८८ ले कमी आएको हो । गत वर्ष असोज महीनामा मात्रै एक हजार ८०८ महिलाले सुत्केरी सेवा लिएकोमा यो वर्ष असोजमा एक हजार ५७८ मात्र रहेको छ ।

अन्य महीनाको तुलनामा असोजमा कमले सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत ईन्दिरा केसी नाकाबन्दीले प्रभावित बनाउँदा सेवा लिनेको संख्या घटेको बताउँछिन् । उनी भन्छिन्, “नाकाबन्दीले यातायातलगायत असुविधाले सेवा लिनेको संख्या घट्न पुग्यो ।”

निर्मला भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>