समाचारसोमबार, माघ २५, २०७२

नेतृत्वकै कारण कांग्रेसले धेरै अवसर गुमायोः देउवा

हिमालखबर

NCनेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्वको असफलताले महत्वपूर्ण राजनीतिक अवसरहरु गुमाउनुपरेको बताएका छन् ।

कांग्रेस जिल्ला कार्य समिति काठमाडौंको अधिवेशन उद्घाटन गर्दै देउवाले नेतृत्वले सही निर्णय नलिदा राज्यका महत्वपूर्ण ठाउँहरुबाट कांग्रेस बञ्चित हुनुपरेको बताए । उनले भने, “आवश्यक समयमा नेतृत्वले निर्णय लिननसक्दा सवै ठाउँबाट कांग्रेस बाहिरिनु परेको हो ।”

उनले आफू पार्टी सभापति भए मधेशको समस्या समाधान गर्ने बताए । देउवाले भने, “७० वर्षको संघर्षबाट संविधान जारी भयो, तर मधेशको असन्तुष्टि कायमै छ ।”

आगामी १३औं महाधिवेशनमा सभापति पदको उम्मेद्वारी दावी गर्दै आएका नेता देउवाले नाका खुलेकोमा खुशी व्यक्त गरे । उनले भने, “अव मधेशका नेताहरुसँग कुरा गर्दै आन्दोलन अन्त्य गर्न पहल गर्नुपर्छ ।”

देउवाले आफू सभापति भएपछि कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने बताए ।

–कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>